आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने

एपी खबर २०८० श्रावण १६, मंगलबार ( १ साल अघि) १२३ पाठक संख्या

काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

 

यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ । यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ । आईओसीले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस