आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर बजारमा सुधार

AuthorAP Khabar २०७५ माघ ९, बुधबार ( ५ साल अघि) ४५२ पाठक संख्या

काठमाडौं  , माघ ९ : धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४ दशमलव १५ विन्दुले बढेर १ हजार १ सय ७२ दशमलव ९८ पुगेको छ ।

ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमव ६९ विन्दुले बढेर २ सय ४८ दशमलव ७४ पुगेको छ ।  बुधबार १६३ कम्पनीको १० लाख २ हजार १ सय ७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १ सय ५५ रूपैयाँमा किनबेच भएको छ । कारोबार भएका ११ उपसमूह मध्ये २ उपसमूहको शेयर ओरालो लाग्यो । ९ उपसमूहको शेयर भने वृद्धि भएको छ ।

उत्पादन ३१ दशमलव ६ र जीवन बीमा २७ दशमलव ३१ विन्दुले घटेयो । तर बैंकिङ समूह १ दशमलव ४९, व्यापार २ दशमलव ८७, होटल ० दशमलव २१, विकास बैंक ६ दशमलव ८६, जलविद्युत् ३१ दशमलव ४८, वित्त ० दशमलव ७९, निर्जीवन बीमा ५८ दशमलव ०६ तथा अन्य ३ दशमलव ३९ र लघुवित्त १२ दशमलव ९९ ले बढेको छ ।

सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । तर जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले  भने गुमाएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस