बारा: बारामा गएराति एक बचत तथा ऋण सहकारी संस्थामा छोरि भएको छ ।जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको मौवा देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गएराती चोरी भएको संस्थाले जनाएको छ । बडहर्वा चोक स्थीत राधाकृष्ण लामिछानेको घरको भुँई तलामा सहकारी संस्थाको कार्यालय रहेको छ । कार्यालय भवनको पश्चिमपटीको मुख्य ढोका फोडेर भित्र पसेको चोरले कार्यालय प्रमुखको कोठमा रहेको स्टील दराज फुटाई आईतबार राती कार्यालयमा रहेको ३ लाख १७ हजार १९२ रुपैंया चोरी भएको संस्थाका अध्यक्ष नारायण प्रसाद घिमिरेले बताए ।
चोरहरु रातको समयमा वित्तिय संस्थासँगै ब्यक्तिका घर धारामा जडान भएका पानी तान्ने मोटर, घरमा राखिएका मोटरसाईकल, ग्यास सिलिण्डर लगायतका सामाग्री चोरी गर्ने गरेको गुनासो दिनानुदिन बढ्दै गएको स्थानिय मुकेश लामाले बताए । ग्रामिण क्षेत्रमा प्रहरी शुरक्षा ब्यवस्था कमजोर रहेको उनले बताए ।मुख्य ढोका सहित कार्यालयका दूईवटा ढोकाका ताला फुटेका छन् । त्यसपछी दराज फुटाई त्यहाँ रहेको नगद चोरी भएको छ । सोमबार विहान कर्मचारीले कार्यालय खोल्ने क्रममा घटना बारे जानकारी भएको संस्थाले जनाएको छ । मौवा देवी सहकारी संस्थामा भएको चोरीको घटनाको अनुसन्धान र संलग्नको खोज तलास भैरहेको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस