आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा अपराधिक गतिविधिको घटना बढ्दै , प्रहरीको सुरक्षा माथि प्रश्न

अखिलेश कुमार यादव २०८० कार्तिक १६, बिहिबार ( १ साल अघि) २५४ पाठक संख्या

बारा : बारा जिल्लामा यति खेर अपराधिक गतिबिधिको घटना बढ्दै गईरहेको छ । बारा जिल्लामा बिगत ४० दिनको समिक्षा गर्ने हो भन्ने अहिले सम्म ३ जनाको हत्या गरिएको छ । गत बर्ष भन्दा यस बर्ष अहिले बारा जिल्लामा हत्याको घटना बढेको छ । पचरौता नगरपालिकामा गोलि हानि हत्या गरेको घटना न सेलाउदैं पुनः सोमबार गोलि हानेर एक जना बोर्डिङ्ग स्कूलका संचालकको हत्या भए पछि अहिले बारा जिल्ला बासि आफैमा असुरक्षित महसुस गर्न थालेको छ ।

 

गएको ४० दिन भित्र बारामा तीन जनाको हत्या भएको छ । पछिल्लो पटक सोमबार सदरमुकाम कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिंसिपल रूपेश स्वर्णकारलाई अपराधी समूहले दिउँसै गोली हानेर हत्या गरेका छन् भने त्यसअघि असोज ९ गतेका दिन भारतीय नागरिक अजितकुमार सिंह र त्यसको अघिल्लो दिन असोज ८मा पचरौता नगरपालिका–१ पिपरपातीका ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या भएको थियो । अमरेशको धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो भने अजित र रुपेशको गोली प्रहार गरेर हत्या गरिएको थियो ।पचरौता नगरपालिकामा २४ घण्टामा दुई जनाको हत्याको घटना न सेलाउदै कार्तिक १३ गते सोमबार पुनः एक जनाको गोलि हानेर हत्या गरिएको पाए पछि बारा प्रहरीको सुरक्षा माथि नै प्रश्न उठन थालेको छ ।

 

बारा जिल्लामा बिगत ४० दिनमा हेर्ने हो भन्ने ३ जना व्यक्तिको हत्या गरिएको हो ।बारा प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको दाबि गरे पनि बारामा ४० दिनमा ३ जनाको हत्या गरेको घटनाले बारा प्रहरी सुरक्षा व्यवस्थापनमा चुक्दै आएको स्पष्ट पारेको छ ।बारा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी सुरेश काफ्ले आए देखि नै बारामा प्रहरी सुरक्षा फितलो भएकोले गर्दा नै अहिले बारा जिल्ला अपराधिक गतिविधिको अखडा बन्दै गएको केहि राजनीतिक दलका नेताहरुको भनाई छ ।

 

प्रहरीले पचरौता नगरपालिका र कलैयामा गोलि हानि हत्या गरिएको घटनामा सहयोगीको भूमिका खेलेकाहरुलाई पक्राउ गरेर सार्वजनिक गरे पनि बारा प्रहरीले अझै मुख्य आरोपित र सुटरहरुलाई पक्राउ गर्न न सके पछि बारा प्रहरीको सुरक्षा बाट आम जनताको बिश्वाश घट्दै गईरहेको छ । बारा जिल्ला छिमेकी देश भारत संगको खुला सिमा नाका संग तासिएको हुनाले पनि भारतीय अपराधिहरुको बिगबिगीले बारामा पछिल्लो क्रममा अपराधिक क्रियाकलाप बढेको केहि पूर्व प्रहरीहरुले बताउदैं आएको छ ।

 

प्रहरीको कर्तब्य हो आम नागरिकको सुरक्षा गर्नु तर अहिले जिल्ला प्रहरी कार्यालय बाराले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन सकेको छैन । जिल्लामा एक पछि अर्को घटना बढ्दै गए पछि आम नागरिकले प्रहरिको सुरक्षा माथि बिश्वास गर्न समेत छाडेका छन् ।बारा प्रहरीले अहिले पनि आफ्नो सुरक्षा व्यवस्था मजबूत नै रहेको दाबि गर्दै आईरहेको भए पनि दिनानुदिन बारामा बढ्दै गएको घटनाले प्रहरीको सुरक्षामा कमीकमजोरी रहेको प्रष्ट पारेका छन् ।

 

कलैयाका स्थानीय रुपेश स्वर्णकारको जिल्ला प्रहरी कार्यालय नजिकै भएको घटनाले प्रहरी निष्क्रीयता देखाएको स्थानियहरुले बताए। जिल्लामा जघन्य अपराध बढ्दै गएकाले न्युनीकरणका लागी प्रहरीले सक्रियता बढाउनुपर्नेमा स्थानियहरुले जोड दिए। प्रहरीले पनि पछिल्लो ४० दिनमा बारामा हत्या हिसां लगायतका जघन्य अपराधका घटना बढ्दै गएको स्वीकार गरेको छ। तर अपराधिक गतिविधिमा संलग्न समूहमाथि निगरानी बढाउन सकेको छैन्।प्रहरीको एउटा घटनाको अनुसन्धानमै रुमल्लीएको बेला अर्को अपराधिक घटना हुने गरेका छन्।कलैयामा सोमबार गोलि हानि हत्या गरेको बाल एकता बोर्डिङ्ग स्कूलका संचालक रुपेश स्वर्णकारको घटनामा प्रहरीले हुदैं न भएको घटनाको कारण रुपेशको हत्या गरेको परिवारजनले प्रहरी माथि आरोप समेत लगाएको छ । रुपेश स्वर्णकारको चरित्र हत्या गर्ने खालको घटनालाई प्रहरीले अनुसन्धानमा देखाएको प्रति रुपेश स्वर्णकारको परिवारले आपति जनाएको छ ।प्रहरीको अनुसन्धान बाट पनि पिडित पक्ष सन्तुष्ट न भए पछि थप्प प्रहरी माथि चुनावति थपिएको छ ।

 

यस्तै कार्तिक १६ गते बिहान जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ मा समेत एक महिलाको शव बरामद भएको छ ।करिब २/३ दिन पहिला नै मृत्यु भईसकेको महिलाको शव बिहिवार बिहान प्रहरीले घुसुकपुर जाने बाटो बाट फेला पारेका छन् ।शवको पहिचान अझै हुन् सकेको छैन भने महिलाको अनुहारमा चोटपटक लागेको हुनाले महिलाको हत्या गरेर शव फालिएको प्रहरीले शंका गरेका छन् ।यसरि दिनानुदिन बारामा प्रहरीलाई नै चुनौती दिदैं अपराधीहरुले घटनालाई अन्जाम दिए पनि बारा प्रहरीले घटनालाई रोक्न सकेको छैन ।

 

गोली काण्डको सुटर यो भन्दा अघि पनि गोली हानी हत्या गरेका थिए । उनीहरु प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका अपराधीहरु हुन् । तिनीहरुमाथि प्रहरीले निगरानी पनि गरि रहेको तर प्रहरीको निगरानीमा रहेका ति अपराधीहरु पुन: सदरमुकामको मुख्य बजारमा नै पुन: गोली हानेर फरार हुनले कलैयाको सुरक्षा व्यवस्थामाथि अझ चुनौति थपिएको छ ।

 

बाराको सिमा क्षेत्रमा खुलेआम तस्करी हुदै आएको छ । अनगिन्ती मदिरा भट्टी संचालन एकातर्फ छ भने अर्कोतर्फ तस्करीका कारण हत्याको क्रम बढेको छ भने सिमा क्षेत्र असुरक्षित बन्दै आएको छ । खुल्ला सिमाका कारण अपराधिहरुले मोटरसाईकलमा नेपाल आउने र गोली प्रहार गरी भारत छिर्ने क्रम बढेको स्थानीयले बताएका छन् ।प्रहरीले २ वटा घटनामा एउटै भारतीय सुटरहरु रहेको भने पनि ति सुटरहरुलाई अझै पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस