आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिल्ला प्रशासन कार्यालयमा नै कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या

एपी खबर २०८० मंसिर १२, मंगलबार ( ११ महिना अघि) १०३ पाठक संख्या

बारा : जिल्ला प्रशासन कार्यालय बारामा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ ।तत्काल काम नहुँदा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकताको प्रतिलिपि लिन जाने सेवाग्राहीहरू समस्यामा पर्ने गरेका छन् ।कार्यालयमा सेवा लिन आउनेहरूको अत्यधिक चाँप हुनु र कार्यालयमा पर्याप्त कर्मचारीहरू नहुँदा सेवा प्रवाहमा समस्या बढ्दै गएको प्रमुख जिल्ला अधिकारि नवराज सापकोटाले बताए ।

 

जिल्ला प्रशासन कार्यालय बारा अन्तरगत अधिकृत स्तरका मात्रै ४ जना कर्मचारी नहुँदा नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको कार्यालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयमा मात्र होइन यो अन्तरगत रहेका अन्य कार्यालयहरू इलाका प्रशासन कार्यालय कोल्हवी, इलाका प्रशासन कार्यालय सिमरा र इलाका प्रशासन कार्यालय सिम्रौनगढका गरी र ४ जना प्रशासकीय अधिकृत रवाना लिएदेखि अधिकृतबाट हुने सबै काम ठप्प भएको छ ।

 

नागरिकता लगायतका सेवाहरू सहज रूपमा सेवा दिन सिमरा, कोल्हवी र सिम्रौनगढमा पनि इलाका प्रशासन कार्यालय सञ्चालनमा छ । तर कोल्हवी र सिम्रौनगढमा अधिकृत नहुँदा सेवाग्राहीहरू लामो दुरी पार्दै कलैया जिल्ला प्रशासन कार्यालय जाने गरेका छन् ।अधिकृत नै नहुँदा इलाका प्रशासनको काम ठप्प बने पछि कलैया स्थित जिल्ला प्रशासन कार्यालयमा सेवा लिनेहरूको चाँप बढेको छ । इलाका प्रशासन कार्यालय ठप्प भएपछि दैनिक जसो कोल्हवी र सिम्रौनगढका सयौँ सेवाग्राहीहरू आएपछि अझ कार्यालयमा चाँप बढेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

 

नागरिकको हरेक गतिविधिसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेका हुन् । एउटै कामका लागि दुईदेखि चार दिनसम्म कार्यालय धाउनु परेको सेवाग्राहीले गुनासो गरेका छन् ।जिल्ला प्रशासन कार्यालयमा बिहान ८ बजेदेखि नै लाइनमा बसेर पनि काम हुन नसकेको आइतबार कार्यालय परिसरमा भेटिएका सेवाग्राही राम पासवानले दुःखेसो व्यक्त गरे । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा एक दिनको काममा हप्तौँ लाग्ने गरेको र शाखा अधिकृत नहुँदा काम नभई घर फर्किने अवस्था रहेको अर्का एक सेवाग्राहीले बताए ।

 

प्रतिक्रिया दिनुहोस