बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा बैशाख १५ गते उपमहानगरले डोजर चलाउने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले ३ पटक सुचना निकालेर फत्तेपुर बजारको सार्वजनिक जग्गामा बनाईएको घर,टहरा तथा पसल खालि गर्न अनुरोध गरेको थियो तर स्थानीयहरुको अटेरीको कारण अहिले सम्म बजारमा बनाईएको संरचना खालि गरिएको छैन ।
मंगलबार फत्तेपुर बजारमा बसिएको बैठकले बैशाख १५ गते भित्र आ-आफ्नो घर,टहरा,पसल नहटाएमा उपमहानगरले डोजर चलाएर ति संरचनाहरु भत्काउने निर्णय गरिएको वडाध्यक्ष श्यामबाबु खाँले बताए ।उनले भने हामि पटक पटक वडा बाट समेत सूचना जारि गरेर बजारको जग्गा खालि गर्न भनेका छौ तर केहि व्यक्तिहरुले खालि गर्न नमाने पछि बजार व्यवस्थापनको काममा अवरुद्ध आएको हो ।मंगलबार जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारिको रोहवरमा भएको छलफलमा स्थानीयहरुले टहरा हटाउने सहमति गरेको छ ।
कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पहिलो चरणमा चैत १८ गते जिर्ण अवस्थामा रहेको घर र टहरा माथि डोजर छालाको थियो । उपमहानगरले डोजर लगाएर घर र टहरा भत्काई रहेको बेला अकेही स्थानीयले बिरोध गरेको थियो ।साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ ।
सो १८ कट्टा सार्वजनिक जग्गा मध्ये ६ कट्टा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कट्टा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेको छ ।सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो तर सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भयो । उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ ।मंगलबार भएको छलफलमा स्थानीयहरुले एकै पटक सबै घर,टहरा र पसल हटाउन सहमति गरेको छ यदि बैशाख १४ गते सम्म स्थानीयहरुले आ-आफ्नो घर,टहरा र पसल खालि नगरेमा उपमहानगरले सिधै डोजर लगाएर भत्काउने सहमति भएको उपमहानगर उपप्रमुख भोला प्रसाद अधिकारीले बताए ।
उनले भने स्थानीयहरुले सहमति गरेको छ सबै आ-आफ्नो सर समान आफै हटाउछ भनेर हामीले आश पनि गरेका छौ यदि आफैले हटाउन अस्विकार गरेमा र डोजर लगाएर संरचना हटाउने क्रममा कसैले अवरोध गरेमा प्रहरीको सहयोग लिएर बैशाख १५ गते डोजर लगाउने छौं ।फत्तेपुरका अधिकांश स्थानीयहरु हात बजार र वडा कार्यालय बनाउने पर्ने अडानमा छ भने केहि बिकाश बिरोधिहरुले फत्तेपुरमा हाट बजार बन्न नदिने पक्षमा रहेको छ ।उपमहा नगरले ३ पटक सूचना जारि गरेर सुचनाको म्याद सक्दा समेत डोजर लगाएर भत्काउन नसकेको संरचना माथि के साचिकै बैशाख १५ गते उपमहानगरले डोजर लगाएर संरचना भत्काउने हो भने प्रतिक्षामा स्थानीयहरु रहेको छ ।
सार्वजनिक जग्गामा घरायसी र व्यावसायिक प्रयोजनका सटरहरु गरी करिब ६० घरधुरी छ ।उपमहानगरको वडा नं १२ मा व्यावसायिक तरकारी खेती, माछा पालन, हुने गर्दछ । सो सार्वजनिक जग्गामा विगत लामो समयदेखि सातामा २ दिन कृषि हाटबजार लाग्ने गर्दछ ।फत्तेपुर बजारको वैज्ञानिक व्यवस्थापन र जीर्ण रहेको वडा कार्यालयको भवन निमार्णको लागि सार्वजनिक जग्गा खाली गर्न स्थानीयहरूको दायित्व भएको र उपमहानगर यस्ता सराहनीय कार्यमा सबैले सहयोग गर्नु आवश्यक रहेको स्थानीय इश्वर ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस