आज:  २०८१ पौष १८, बिहिबार | Thu, 02, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

श्रमिकको मुद्दा  सम्बोधन गर्नका लागि सरोकारवाला सबै पक्षहरु एक हुनुको विकल्प छैन

एपी खबर २०८१ बैशाख १९, बुधबार ( ८ महिना अघि) १७३ पाठक संख्या

बारा : नेपाल भरी आज १३५ औं श्रमिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।१३५ औं अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा समाजवादी ट्रेड युनियन महासंघ CSTU को आयोजनामा आयोजित भएको कार्यक्रममा ठूला ट्रेड युनियनहरुले यथास्थिति र प्रतिगमनकारी दल र तिनका ट्रेड युनियनसंग सहकार्य गर्ने तर परिवर्तनकारी शक्ति र तिनका ट्रेड युनियन महासंघलाई पाखा लगाउने काम गरेको प्रती गम्भीर आपती जनाएको छ ।

 

 

काठमाडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महासंघका सह-अध्यक्ष बिन्देश्वर यादवले सो कुरा बताएका हुन ।सह-अध्यक्ष यादवले श्रमिकको मुद्दा  सम्बोधन गर्नको लागि सरोकारवाला सबै पक्षहरु एज हुनुको विकल्प नरहेको भन्दै त्यसको लागि समाजवादी ट्रेड युनियन महासंघले दबाबमूलक कार्यक्रम आयोजना गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस