आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

रास्ट्रीय युवा संघ बाराले मनायो ३५ औ स्थापना दिवस

एपी खबर २०८१ जेष्ठ १, मंगलबार ( ८ महिना अघि) १६८ पाठक संख्या

नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आज ३५ औँ स्थापना दिवस मनाउँदैछ ।

युवा संघ बाराले संगठनको स्थापना दिवसका अवसरमा प्रादेशिक अस्पताल कलैयाका ५५ जना बिरामिहरुलाई फलफुल बितरण गरेको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी रास्ट्रीय युवा संघका केन्द्रिय सचिव ईन्जिनियर मोबिन आलमले सबैमा सुभकामना दिदै युवा संघका संस्थापक देखि हाल सम्मका सम्पुर्ण योद्धा हरु प्रती हार्दिक आभार ब्यक्त गरेका छन । देशमा बेतिथी बिसङ्गती अन्त्य गर्न महत्वपुर्ण जिम्मेवारी बोकेर स्थापना भएको संगठन भएकाले यश दिशामा लाग्न सबै युवा संघका कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।

रास्ट्रीय युवा संघका केन्द्रिय सदस्य राम यादवले संगठनले समाजका लागि हरेक किसिमको समाजिक कार्य गर्दै आएको बताए ।समाजका लागि हरपल तम्तयार भएर हामी लाग्ने प्रतिबद्धता समेत जाहेर गरे ।

रास्ट्रीय युवा संघ बाराका अध्यक्ष तथा नेकपा एमालेका नव निर्वाचित जिल्ला सदस्य सदाम अन्सारीले हाल हाम्रो चारैतिर भ्रस्टाचार,अन्याय तथा बेथिती बढेको भन्दै यसमा हामिले तदारुकता देखाउदै गएको बताए । हाल बारामा खानेपानी समस्या तथा अनावस्यक बिधुत कटौतीले जनता आजित भएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन । अन्सारीले यस्ता समस्याहरूको यथाशीघ्र संबंधित निकायले ध्यान नदिए यस विरुद्ध युवा संघ अगाडी बढ्ने बताए ।

कार्यक्रमको सहजीकरण रास्ट्रीय युवा संघका पुर्व ईन्चार्ज पुरुशोतम साहले गरेका थिए ।

युवा संघले स्थापना दिवसको अवसरमा देशभर रचनात्मक कार्यक्रम गरेर दिवस मनाउँदैछ ।

युवा संघले प्रत्येक वर्षको जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाउँदै आएको छ ।

सो अवसरमा रास्ट्रीय युवा संघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस