आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलभद्र भगवानको जीतपुरमा भव्य पूजाको आयोजना

एपी खबर २०८१ भाद्र २८, शुक्रबार ( ३ महिना अघि) ११६ पाठक संख्या

कलवार कल्याण समिति जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहनुँ भएका बलभद्र भगवानको शुक्रवार भव्य रुपमा सामुहिक पूजाको आयोजना गरिएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरमा आयोजित पूजा, कलवार कल्याण समिति जीतपुर बाराका अध्यक्ष कन्हैया प्रसाद गुप्ताको नेतृत्वमा आयोजना गरिएको हो ।
सामुहिक पूजाको मुख्य जजुमानको रुपमा भने स्थानीय कल्वार समुदायका फुर्तीलाल प्रसाद कलवार र उनकी पत्नी सुनैना देवीले पूजाको अवधी भर उपवास (चौका) बसी पूजालाई पूर्णता दिलाएका थिए ।
प्राचिन काल देखि नैं कृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनुँ भएको छ । बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पूजन समाराेहका आचार्य पवनेश शास्त्रीले बताए ।
बललाई शक्ती र भद्रलाई अन्न मानिएको आचार्य शास्त्रीले बलभद्र भगवानको अर्थ बताउँदै बलभद्र भगवानलाई भात, बिषेश किसिमको दाल र पाँच प्रकारको तरकारी लगायतको भोग लगाउँने प्रचलन रहेको छ ।
उनको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहँण गर्ने प्रचलन प्राचिन काल देखि नैं चलि आईरहेको पनि उनले बताए ।
पूजा आरम्भ गर्नु अघि यो समुदायले झाँकी तथा घाेडाद्वारा घाेड्दाैल सहिँतकाे शोभा यात्रा पनि निकालेको थियो ।
सयौंको संख्यामा रहेका श्रद्धालु भक्तजनहरुको सहभागितामा पूजा स्थलबाट निकालिएको शोभा यात्राले जीतपुर नगर परिक्रमा गरी पुन: पूजा स्थलमा फर्किएर बिधिवत पूजा आरम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस