आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘काठमाडौं स्पाइकर्स ट्यालेन्ट हन्ट’ आयोजना हुने

एपी खबर २०८१ आश्विन १, मंगलबार ( २ दिन अघि) ६५ पाठक संख्या

१ असोज, काठमाडौं । काठमाडौं स्पाइकर्सले आसन्न ‘वात्सल्य एभरेस्ट महिला भलिबल लिग’ अन्तर्गत आफ्नो टोलीको आगामी सिजनका लागि नयाँ प्रतिभाशाली खेलाडी छनोट गर्न विशेष ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम दशरथ रंगशालास्थित कभर्ड हलमा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

 

काठमाडौं स्पाइकर्सका प्रमुख कार्यकारी अधिकृत सुदीक्षा अधिकारीले आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन् ।

 

काठमाडौं स्पाइकर्सले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभा उजागर गर्न र खेल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले युवा तथा उत्साही खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने छ।

प्रतिक्रिया दिनुहोस