आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढीले क्षति पुर्‍याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो

एपी खबर २०८१ कार्तिक २०, मंगलबार ( १ महिना अघि) ६९ पाठक संख्या

काठमाण्डाै – इलामको माईखोलामा आएको बाढीले क्षति पुर्‍याएकाे काबेली करिडोर १ सय ३२ केभी डबल सर्किट विद्युत् प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ ।

 

गएको असोज १२ गते शनिवार माईखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्‍याएको थियो । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा बिजुली जोडिएका निजी क्षेत्रका २० वटा जलविद्युत् आयोजनाले संयुक्त रूपमा पुनर्निर्माण तथा पुनर्स्थापना गरी हिजो बेलुकादेखि प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् ।

 

काम शुरू गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले बताउनुभयो । प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले पुनः बिजुली उत्पादन शुरू गरेका छन् । आयोजनाहरूबाट असोजको १२ गतेदेखि बिजुली उत्पादन बन्द थियो ।

 

प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा नमूनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जालगायतका सामाग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले श्रम लागतलगायतका खर्च बेहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस