आज:  २०८१ कार्तिक २१, बुधबार | Wed, 06, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘प्रधानमन्त्रीलाई मारौँ’ भन्दै भिडिओ बनाउने युवकलाई खोज्दै प्रहरी, जापानबाट झिकाइँदै

एपी खबर २०८१ कार्तिक २०, मंगलबार ( १ दिन अघि) ५६ पाठक संख्या

काठमाडौं । अघिल्लो साता काठमाडौंमा भएको साफ यू २० च्याम्पियनसिप २०२४ को फाइनल खेलको क्रममा ‘प्रधानमन्त्रीलाई मार्न’ भन्दै भिडिओ बनाउने युवाको खोजीमा प्रहरी लागेको छ ।

 

बंगलादेशसँग नेपाल पराजित भएको खेल सुरु हुनुअघि प्रधानमन्त्रीको नाम नलिई ‘सबैले छेकेर आज बूढोलाई मारौँ, नत्र भोलि त्यो मौका नआउन सक्छ’ भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट् गर्ने युवालाई पक्राउ गर्ने प्रहरीले तयारी गरेको हो ।

 

ती युवकले भिडिओमा भनेका छन्, “तपाईंले गेम हेरिरहनुभएको होला, मैले अरू नै केही हेरिरहेको छु । आज हामीले मार्न सकिन्छ के ! चाहे भने त्यतिको मान्छे छन् । बाहिर ग्रूप बनाएर घेरेर फ्याट्टै मार्न सकिन्छ । आज मार्‍यौँ भने मारेको मार्‍यै हुन्छ । आँटौँ त आज । घेरै टाइम छैन बूढो गइहाल्छ । आज गरिएन भने हामी पछुताइन्छ ।”

 

खेलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । खेलको अन्तमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी पनि भएको थियो ।

 

तर, नाराबाजी भएको विषयमा खासै चासो नराखेको प्रहरी जापानमा बसेर भिडिओ बनाउने रतन कार्की नाम गरेका युवकको खोजीमा लागेको हो । उनी जापानमा रहेकाले पक्राउको लागि त्यहाँको प्रहरीसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

 

एक उच्च अधिकारीले भने, “सामाजिक सञ्जालबाट घृणास्पद अभिव्यक्ति फैलाएको र नकारात्मक काम गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउको तयारी छ ।”

प्रतिक्रिया दिनुहोस