आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज फाल्गुनन्दको जन्मजयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

एपी खबर २०८१ कार्तिक २५, आईतबार ( १ महिना अघि) ५३ पाठक संख्या

किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औँ जन्मजयन्ती आज मनाइँदै छ । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ ।

 

१९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाजसुधारका लागि नीति निर्माण गरेका थिए जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

 

छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन् ।

 

किराँत  समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भयो । किराँत समाज सुधारमा पु¥याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

 

किरात समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाइन्छ । यो अवसरमा कोशी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

 

फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस