आज:  २०८१ पौष २०, शनिबार | Sat, 04, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

गढीमाईको सुरक्षा अवस्था बुझ्न वरियारपुर पुगे गृहमन्त्री लेखक

एपी खबर २०८१ मंसिर १९, बुधबार ( १ महिना अघि) ४७ पाठक संख्या

बारा, १९ मंसिर । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न तथा पुजापाठ गर्न गृहमन्त्री रमेश लेखक बाराको वरियारपुर पुगेका छन् ।

 

लेखक बुधबार महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुर पुगेका हुन् । गृहमन्त्री गढीमाई पुगेका लेखकले गढीमाई मन्दीरमा पुजा अर्चना एवं दर्शनसमेत गरेका छन् ।

विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तर एउटै ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षणलगायत मेलालाई सभ्य र भव्य बनाउनमा नेपाल सरकार प्रतिवद्ध रहेको गृहमन्त्री लेखकले बताए । गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहनेगरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा ठप्प सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री लेखकले सन्चारकर्मीहरुसँग बताए । मन्त्री लेखकले बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी तथा मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी, सशस्त्र प्रहरीका डीआइजी संग भेटेर मेलामा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस