आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करणीपछि हत्या गरेको अभियोगमा समातिए नवनिर्वाचित वडाध्यक्ष

एपी खबर २०८१ मंसिर २१, शुक्रबार ( २ हप्ता अघि) ४५ पाठक संख्या

मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा निर्वाचित धिरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

साहलाई जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका नवनिर्वाचित वडाध्यक्ष साहसहित अन्य प्रतिवादीहरुले ०७८ चैत २२ गते डाक्नेश्वरी नगरपालिका–१ माधोपुरमा एक महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको सम्बन्धी मुद्दामा अनुसन्धान सुरु भएको थियो।

यस्तै, साहविरुद्ध ०८० जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा समेत जाहेरी परेको थियो।

उक्त जाहेरीमा उच्च अदालत जनकपुर अस्थायी इजलास राजविराजबाट ०८० चैत ४ गते परमादेश जारी भएको थियो। सो परमादेश सरकारी वकिल कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८१ साउन ६ प्राप्त भएको सप्तरी प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस