पूर्वपश्चिम राजमार्गको रौतहटको चन्द्रपुर नगरपालिका-४ मा भएको स्कर्पियो दुर्घटनामा परि घाइते भएकाहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृतकमध्ये सात जना अर्नमा गाउँपालिका-३ बन्ठिया टोलका स्थानीय हुन् । अर्का मृतक सोही गाउँपालिका-५ का स्कार्पियो चालक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
घाइते भएका पाँच जनामध्ये चार जनाको चन्द्रपुरको हाईवे ट्रमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा सिराहाको अर्नमा गाउँपालिका-३ बस्ने वर्ष ३० कि राधा राम, सोही स्थानका उमेश रामको छोरा दुई बर्षका आर्यन राम, वर्ष २५ कि देव कुमारी महरा र देव कुमारीको छोरा वर्ष ७ को रितिक महरा रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि अर्नमा गाउँपालिका- ३ बन्ठिया टोल बस्ने वर्ष ६० कि कन्या देवी महराको अवस्था गम्भिर रहेकोले उनलाई बयोधा अस्पताल बिरगंज रेफर गरिएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए ।
मृतकहरुको शब पोस्टमार्टमको लागि चपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको तथा दुर्घटनामा परेको स्कर्पियो ट्राफिक प्रहरी कार्यालय चपुरमा राखिएको रायले बताए ।
बाराको निजगढबाट आउदै गरेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो मंगलबार राति सवा एक बजे आफैं अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया दिनुहोस