आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना

एपी खबर २०८१ मंसिर २८, शुक्रबार ( १ हप्ता अघि) ४६ पाठक संख्या

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार उनलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

 

‘फोक्सोमा समस्या देखिएको छ । छाती दुखेको र ज्वरो आएपछि अस्पताल लगिएको हो । शर्माले भने, ‘गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।’

 

उनका अनुसार जोशीलाई चिकित्सकको सुझाव अनुसार नै भर्ना गरिएको हो । रास्वपा सभापति रवि लामिछाने भने हिरासतमै छन् । उनको रक्तचाप बढे पनि अस्पताल भर्ना भएका छैनन् । उनलाई चिकित्सकले निगरानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस