आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

८४ को निर्वाचन ६४ को जस्तै हुन्छः प्रचण्ड

एपी खबर २०८१ मंसिर २९, शनिबार ( १ हप्ता अघि) ६७ पाठक संख्या

(नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सिद्धियो भन्नेहरूलाई ०८४ को निर्वाचनबाट देखाइदिने बताएका छन्। रूपन्देहीमा शनिबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्याक्रमलाई संशोधन गर्दै अध्यक्ष दाहालले आउँदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किने दावी गरे।

 

‘प्रचण्डको युग सिद्धियो भन्नेहरूलाई उप–चुनावले देखाइसकेको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘विगतमा भएका केही त्रुटिलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी नयाँ उर्जाका साथ आउदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किन्छ। हामी जनतातिर फर्किन्छौ। फेरि प्रतिक्रियाबादीहरुलाई तह लगाउँछौं।’

 

अहिलेको सरकार अप्राकृतिक र अँध्यारो कोठा बनेको बताउँदै यो सरकारको काम भ्रष्टचारीलाई बचाउने र राम्रो गर्नेलाई सताउने रहेको दावी गरे। ‘विचार, इमानदारमा को राम्रो छ भन्ने कुरा नेपाली जनताले बुझिसकेको छन, अहिलेको सत्तारुढ दलका नेताहरु जिल्लामा जाँदा जनताले चोर नेता भन्ने थालेको छन।

 

नयाँ प्रतिवद्धताका साथ जनतामा जाने र जनताकै तागतले प्रमुख दल भनिनेको सत्ता पल्टाउछौं’ अध्यक्ष दाहालले भने। आफू प्रधानमन्त्री भएको १८ महिनामा देशको लय गुमाएको अर्थतन्त्रलाई सही मार्गमा ल्याएको समेत दाहालले बताए।

 

‘मैले दुई छिमेकी राष्ट्रय भारत र चीनका भ्रमणका क्रममा गरेको निर्णय ऐतिहासिक र दुरगामी छन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि माथि पुगेको छ। जनतामा नया आशा र भरोसा पैदा भएको छ।’

प्रतिक्रिया दिनुहोस