सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले १५ लाख ३६ हजार ९३५ मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरि वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले १५ लाख ३६ हजार ९३५ मूल्य बराबरको सामान बरामद गरेको थियो ।
ना ५३ प ९३०६ नं।को मोटरसाईकल तथा बिभिन्न यात्रुवाहक सार्वजनिक सवारी साधनमा लोड गरि भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको किराना, कस्मेटिक्स, मोटरपार्टस, मोबाईल एसेसोरिज र कपडा सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
वीरगन्ज १६ ईनर्वा र अन्य बिभिन्न सीमानाकाहरुबाट बरामद सामानको १५ लाख ३६ हजार ९३५ र सामान ओसार पसार गर्न प्रयोग गरिएको मोटरसाईकलको २ लाख मुल्याङ्कन आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटार पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुहरि घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस