यु-१९ एसियाकपमा समूहचरणको अन्तिम तथा दोस्रो खेलमा आज भारतसँग खेल्दै छ।
पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको नेपाल भारतविरुद्ध उच्च मनोबलका साथ प्रतिस्पर्धाको लक्ष्यमा छ। नेपाल र भारत बिचको खेल बिहान ११स्४५ मा सुरु हुनेछ।
पाकिस्तानलाई हराएसँगै नेपालले सेमिफाइनल अर्थात् शीर्ष चारमा स्थान पक्का गरेको छ। नेपालसँगै भारतले क्वालिफाइ गरिसकेका छन्।
आज भारतसँगको नतिजाले नेपाललाई फरक पार्ने छैन। योसँगै नेपालले सुपर चारमा बाँकी टेस्ट राष्ट्रसँग पनि प्रतिस्पर्धाको मौका पाएको छ।
आजको खेलमा समूह ‘बी’ मा रहेको बंगलादेश र मलेसिया खेल्दै छन्। यदि आज बंगलादेशले मलेसियालाई हराएमा नेपालले सुपर चारमा बंगलादेश र श्रीलंकासँग खेल्ने छ।
सुपर चारको प्रतिस्पर्धा पछि अङ्क तालिकामा शीर्ष दुईमा रहने दुई टिम बिच फाइनल खेल हुने छ। बिहीबार र शुक्रबार सुपर चारका खेलहरु हुने छन् भने प्रतियोगिताको फाइनल आइतबार हुने छ।
पाकिस्तानलाई हराएपछि र आगामि यात्रा बारे कप्तान पूजाले आत्माविश्वास र टिमको राम्रो क्रिकेट खेल्ने लक्ष्यले सार्थक्ता पाएको बताइन्। यी हुन् कप्तान पूजालाई देशसञ्चारका पाँच प्रश्नस्
पाकिस्तानलाई हराउँछौं भन्ने विश्वास थियोर ?
हो, हामीलाई विश्वास थियोकि हामी पाकिस्तानलाई हराउन सक्छौं भन्ने कुरामा। हामीले सुरुवातबाटै त्यहीँ मेन्टालिटी अनुसार क्रिकेट खेल्यौं र जित हासिल गर्यौं।
अविजित रहेर टिमलाई जिताएर फर्किनुभयो, टिमका अन्य सदस्यलाई कसरी मोटिभेट गर्नुभयोर ?
हामीले पछिल्लो समय प्राप्त सफलतापछि एउटा मान्यता बनाएका थियौंकि हाम्रो मोमेन्टम कायम राख्नुपर्छ। हामीले सोही अनुसार टिम तयारी गरेका थियौं। मोमेन्टम कायम राखेर टिम अगाडि बढ्दा नतिजा राम्रो आयो।
अब भारतसँग खेल छ। भारत उपाधि दाबेदार टोली पनि हो, जसले पाकिस्तानमाथि फराकिलो जित निकालेको छ। त्योसँग भिड्न नेपालको रणनीति के छ ?
जसरी हामीले पाकिस्तानसँग खेल्यौं त्यसरीनै भारतसँग खेल्ने हुन्छ। अझ हामी सचेत भएर अझ राम्रो क्रिकेट खेल्ने प्रयास गर्छौं। भारतविरुद्ध अझ धेरैं आत्माविश्वासका साथ सचेत भएर खेल्छौं। राम्रो क्रिकेट खेल्ने लक्ष्य छ सोही अनुसार खेल्छौं।
नेपाल सुपर चारमा पुगेको छ। अन्य टेस्ट टोलीसँगपनि एक्सपोजको मौका प्राप्त भएको छ। यसले विश्वकपमा नेपाललाई के फाइदा गर्छ ?
पक्कैपनि विश्वकपमा यी खेलहरुको एक्सपोजले सकरात्मक असर पार्ने छ। टेस्ट टोलीलाई हराएको आत्माविश्वासले हामीलाई विश्वकपमा पनि सकरात्मक नतिजा निकाल्न प्रेरित हुनेछ। हामी विश्वकपमा पनि इतिहास बनाउन सक्छौं।
एसियाकपमा अब हाम्रो लक्ष्य के हुन्छरु
हामी पोजेटिभ क्रिकेट खेल्दै अघि बढ्ने छौं। अब अन्य टेस्ट राष्ट्रलाई पनि हराउने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछौं। हरेक खेल जित्दै र टेस्ट राष्ट्रलाई हराउँदै देशको नाम थप उच्च बनाउने प्रयास हाम्रो रहने छ।
प्रतिक्रिया दिनुहोस