आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सगरमाथा साकोषको १० औँ साधारण सभा सम्पन्न

AuthorAP Khabar २०७५ आश्विन १३, शनिबार ( ५ साल अघि) ४६५ पाठक संख्या

सिमरा, १३ असोज  : जितपुरसिमराका उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले संविधानले दिएको राष्ट्रिय समृद्धिको कार्यभार पुरा गर्न सबै सहकारीलाई क्रियाशिल हुनुपर्ने बताउनुभएको छ । बाराको जितपुर स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले कतिपय सहकारी नियम विपरित संचालन भईरहेको बताउदै सहकारीको मुल्य र मान्यतामा रहि सहकारी सञ्चालन गर्न सबै सहकारीकर्मीसंग आग्रह समेत गर्नु भयो ।
सहकारी संस्थाका अध्यक्ष सीता उप्रतीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जितपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, नेकपाका नेता देवनारायण चौध्रीरी, जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाकि सदस्य उषा पौडेलको रहेको थियो भने सहजिकरण देवि सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस