आज:  २०८१ फागुन ३०, शुक्रबार | Fri, 14, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरसिमराको औराहामा पुष २९ गतेबाट थारु माघी साँस्कृतिक महोत्सव २०८१ हुने

प्रिती कुमारी, जीतपुर २०८१ पौष २७, शनिबार ( २ महिना अघि) २०६ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा पौस २९ गतेबाट थारु माघी साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । शनिवार थारु कल्याण कारिणी सभा बाराले पत्रकार सम्मेलनको आयोजना गर्दै पौस २९ देखि माघ २ गतेसम्म औराहामा थारु माघी साँस्कृतिक महोत्सव २०८१ हुने जानकारी गराएको हो ।

 

महोत्सवमा स्थानीय थारु साँस्कृतीक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती र थारु समुदायका खाने परिकारहरु राखिने आयोजकले जानकारी दिएको छ ।

 

आर्थिक ब्यवस्थापनमा केहि समस्या भएपनि गाउँगाउँबाट सहयोग आउनेक्रम जारी रहेको जानकारी दिदै जिल्ला भित्र रहेका स्थानिय तहहरुले पनि यस कार्यक्रममा सहयोग गर्ने थारु कल्याण कारिणी सभाका जिल्ला सचिव यादबकृष्ण चौधरीले जानकारी दिए ।

 

पत्रकार सम्मेलनको क्रममा सचिव यादवकृष्णले जिल्ला भित्रै थारुहरुको एकता भाड्ने केहि पात्रहरुले अन्य ठाउँमापनि महोत्सव गर्न लागेको प्रति आपति जनाए । उनले प्रेस विज्ञप्ति जारी गर्दै थारु कल्याण कारिणी सभा बाराले गर्ने महोत्सव नै थारुहरुको महोत्सव भएको जनाउदै जितपुरसिमराको औराहामा हुने महोत्सवमा सहभागी सबैलाई आग्रह समेत गरे ।

 

थारु कल्याण कारिणी सभा बाराका अधयक्ष रामप्रसाद चौधरीको सभाअध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा थारु भाषाका आशुकवि एवम थारु कल्याण कारिणी सभाका केन्द्रिय सदस्य हृदयनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रमलाई प्रमोद चौधरीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस