आज:  २०८१ चैत्र २६, बुधबार | Wed, 09, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति

एपी खबर २०८१ चैत्र १९, बुधबार ( १ हप्ता अघि) ११९ पाठक संख्या

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड बराबरको क्षति भएको जनाएको छ ।

 

चैत १५ गते भएको आगजनी र तोडफोडबाट सन्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिब २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन् ।

 

आगजनी र तोडफोडका कारण केहीदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाहरुबाट नियमित रूपमा सन्चो उत्पादन गर्ने योजना बनाएको उल्लेख गरिन् ।

 

आगजनीका कारण सबै जलेर खरानी भएको भन्दै सरकारलगायत सबैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ ।

 

२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा बिस्तारमा समेत केन्द्रित रहेको थियो । आगजनी र तोडफोडका कारण शाखा बिस्तारको काम केही समयलाई रोकिने महाप्रबन्धक यादवले बताइन् । त्यस्तै कम्पनीले सन्चो मह र सन्चो टिमुर ल्याउने तयारी समेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस