आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सेयर लगानीकर्तालाई अनिवार्य प्यान

AuthorAP Khabar २०७५ माघ २५, शुक्रबार ( ५ साल अघि) ४१२ पाठक संख्या

 काठमाडौं,माघ २५ : आगामी नयाँ वर्ष अर्थात ०७६ को पहिलो दिनदेखि सरकारले सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्दैछ । आगामी वैशाख १ देखि लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्न नेपाल स्टक एक्सचेञ्जले आवश्यक गृहकार्यसमेत गरिरहेको छ ।

साना ठूला सबै लगानीकर्तालाई करको दायरामा ल्याउन अर्थ मन्त्रालयकै सक्रियतामा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

हाल संस्थागत लगानीकर्ताहरुले प्यान नम्बर लिएको भए पनि व्यक्तिगत लगानीकर्ताहरुले भने लिएका छैनन् ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गरिने उल्लेख गरेका थिए । गत कात्तिकमा अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई प्यान नम्बर अनिवार्य गर्न पत्राचार गरेको थियो ।

बोर्डले नेप्सेलाई आवश्यक गृहकार्य गर्न पत्राचार गरेपछि केही लगानीकर्ताका संघ संगठनहरु भने यसको विरोधमा छन् । लगानीकर्ताहरुका केही संघहरुले प्यान अनिवार्य नगर्न नियमनकारी निकायको ध्यानाकर्षण गराइसकेको अनलाईन खबरमा खबर छ ।

यद्यपि, सरकारले भने प्यान अनिवार्य गराउने गरी काम अघि बढाएको श्रोतले बताएको छ । सेयर लगानीकर्ताहरुका विभिन्न संगठनहरु मध्ये पुरानो र सबैभनदा ठूलो संगठन नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्यान नम्बर लिन लगानीकर्ताहरुले डराउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस