आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

एपी खबर २०८० बैशाख ८, शुक्रबार ( १ साल अघि) १३१ पाठक संख्या

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ४ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ कायम भएको छ ।

 

बिहीबार प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य स्थिर रहँदै हिजोकै जति प्रतितोला १ हजार ४ सय ४५ रूपैयाँ निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस