आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मुल्य बढ्यो,कतिमा हुदैं छ कारोबार ?

एपी खबर २०८० श्रावण ३, बुधबार ( १ साल अघि) १४८ पाठक संख्या

काठमाडौँ- नेपाल बजारमा सुनको भाउ फेरि अलटाइम हाई नजिक पुगेको छ। आज बुधबार सु्नको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सुनको यो भाउ हालसम्म दोस्रो उच्च हो। यसअघि गत जेठ १९ गते सुनको भाउ प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ भने नयाँ कीर्तिमान बनाएको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार थियो। यो भाउ हालसम्मकै उच्च थियो।

 

प्रतिक्रिया दिनुहोस