आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो,कतिमा हुदैं छ कारोबार ?

एपी खबर २०८० श्रावण ८, सोमबार ( १ साल अघि) १५१ पाठक संख्या

काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको छ ।महासंघले आज छापावाल सुन तोलामा १ लाख १२ हजार र तेजाबी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

 

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस