आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सेयर बजारमा दोहोरो अंकको गिरावट

एपी खबर २०८० श्रावण ९, मंगलबार ( १ साल अघि) १४२ पाठक संख्या

काठमाडौँ– मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा जोखिमभार घटाउँदा पुनः कर्जाको सीमा तोकिने गभर्नरको भनाइलाई सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । यसैक्रममा मंगलबार नेप्से सूचक ३६.१९ विन्दुले घटेर २१६४.३१ अंकमा आएको छ ।

 

एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि अघिल्ला दिनहरूको तुलनामा घटेको हो । यस दिन बैंकिङ र विकास बैंक समूहहरू बढी घटेका छन् ।यस दिन २६७ कम्पनीको ७७ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

 

१५ करोड २७ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र ग्लोबल आइएमई बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस