आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर बजार ३ अङ्कले बढ्यो

एपी खबर २०८० श्रावण १८, बिहिबार ( १ साल अघि) ११९ पाठक संख्या

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ ।

 

आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको शेयर १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।आज दुई सय ६२ वटा कम्पनीका ५१ लाख ३० हजार कित्ता शेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस