आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्यमा १०० रुपैयाँले गिरावट

एपी खबर २०८० श्रावण २२, सोमबार ( १ साल अघि) १२९ पाठक संख्या

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ ।महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस