आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

मंगलबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार ?

एपी खबर २०८० भाद्र ५, मंगलबार ( १ साल अघि) ११७ पाठक संख्या

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार सुनको भाउ स्थिर थियो। सोमबार प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो। 

प्रतिक्रिया दिनुहोस