आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य बढ्यो ,कतिमा हुदैं छ कारोबार

एपी खबर २०८० भाद्र १८, सोमबार ( १ साल अघि) ११४ पाठक संख्या

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ४ रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

 

तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ पुगेको छ। आइतबार पनि सुनको मू्ल्य बढेको थियो। सो दिन सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा किनबेच हुँदैछ।

प्रतिक्रिया दिनुहोस