आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

एपी खबर २०८० माघ १, सोमबार ( १ साल अघि) १२३ पाठक संख्या

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस