आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

१५ अंकले बढ्यो नेप्से

एपी खबर २०८० माघ १६, मंगलबार ( १ साल अघि) १९० पाठक संख्या

काठमाडौं । नेप्से परिसूचक मंगलबार १४.८८ अंकले बढेर बन्द भएको छ । बजार ०.७० प्रतिशतले बढेर २११९.६१ विन्दुमा बन्द भएको हो । यस दिन पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

 

Agni Group१५२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । चन्द्रगिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस