काठमाडौँ : यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ०४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस