आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि

एपी खबर २०८० माघ १७, बुधबार ( १ साल अघि) २४९ पाठक संख्या

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो।

 

 

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ। नयाँ मूल्यसूची राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस