आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

एपी खबर २०८० फागुन ७, सोमबार ( १ साल अघि) २१२ पाठक संख्या

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार तोलाको १४३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस