आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्यो

एपी खबर २०८० चैत्र १, बिहिबार ( १ साल अघि) १४४ पाठक संख्या

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको १५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार चाँदी तोलाको १४६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस