आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो

एपी खबर २०८० चैत्र १८, आईतबार ( ११ महिना अघि) २३२ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो ।

 

 

जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस