बारा, १९ मंसिर । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न तथा पुजापाठ गर्न गृहमन्त्री रमेश लेखक बाराको वरियारपुर पुगेका छन् ।
लेखक बुधबार महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुर पुगेका हुन् । गृहमन्त्री गढीमाई पुगेका लेखकले गढीमाई मन्दीरमा पुजा अर्चना एवं दर्शनसमेत गरेका छन् ।
मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा ठप्प सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री लेखकले सन्चारकर्मीहरुसँग बताए । मन्त्री लेखकले बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी तथा मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी, सशस्त्र प्रहरीका डीआइजी संग भेटेर मेलामा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस