आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

एपी खबर २०८१ मंसिर २३, आईतबार ( ३ महिना अघि) ९९ पाठक संख्या

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रा।स्व।पा।०का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ ।

 

लामिछाने माथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो । अदालतले दिएको समय शुक्रबार राति सकिए पनि हिजो शनिबार परेकाले लामिछानेलाई आज मात्रै अदालतमा पेश गरिएको थियो । त्यसमा अदालतले थप चार दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

 

सहकारीको रकम अपचलनको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन पोखरा लगिएको थियो । लामिछानेलाई बुटवल, चितवन र काठमाडौंमा बयान गराई गत बिहिबार फेरी पोखरा लगिएको हो । उनलाई पर्सा पनि लैजाने तयारी छ ।

सहकारीको बचत रकम अपचलन गरेर गोरखा मिडियामा लगानी गरेको आरोपमा गत कात्तिक २ गते लामिछानेलाइ पक्राउ गरिएको हो । पोखरा,काठमाडौं,रुपन्देही,चितवन र पर्साका सहकारीबाट रकम अपचलन गरेको आरोप लामिछाने माथि छ ।

प्रतिक्रिया दिनुहोस