आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लो स्कोर पछ्याएको लुम्बिनी काठमान्डु विरुद्ध संकटमा, ४३ रनमा गुमायो ६ विकेट

एपी खबर २०८१ मंसिर २६, बुधबार ( १ हप्ता अघि) ७९ पाठक संख्या

१ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले खराब ब्याटिङ गरेको छ। लुम्बिनीले ४३ रन जोड्दा ६ खेलाडी पेभिलियन फर्किएका छन्। उसका लागि उन्मुक्त चन्दले १४ रन बनाउनु सर्वाधिक रनका रुपमा रहेको छ।

 

चन्द पनि करण केसीको बलमा आउट भइसकेका छन्। उसका आसुतोष घिरैया ४ रनमा आउट हुँदा अर्जुन साउद ३ रनमा पेभिलियन फर्किए। त्यस्तै चन्द १४ रनमा आउट हुँदा टोम मर्स ६ रनमा र रोहित पौडेल ८ रनमा आउट भए। त्यस्तै साद विन जफर शुन्य रनमा आउट हुँदा अहिले क्रिजमा सन्दीप जोरा र विवेक यादव रहेका छन्।

 

काठमान्डुका लागि दिपेश कँडेलले ४ ओभर बलिङ गर्दै ६ रन दिएर ३ विकेट लिए। त्यस्तै गेर्हार्ड एरासमसले २ विकेट लिंदा करण केसीले १ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस