सहकारीको रकम अपचलनको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग पर्सामा बयान लिइएको छ।मंगलबार लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएको हो। बिहान सरकारी वकिलको कार्यालयमा पर्सा प्रहरीले उनलाई उपस्थित गराएको थियो।
करिब चार घण्टासम्म सरकारी वकिलको कार्यालयमा बयान लिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।वीरगञ्जको सानो पाइला सहकारीको आठ करोडभन्दा बढी बचत रकम अपचलनको बारेमा लामिछानेलाई सोमबार वीरगञ्ज ल्याइएको थियो।
यस्तै, सोही प्रकरणमा वीरगंज ल्याइएका पूर्व डिआइजी छबीलाल जोशी र राम बहादुर खनालको बयान सकिएको छ। लामिछानेको बयान चलिरहँदा वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। बयान चलिरहँदा रास्वपाका नेता कार्यकर्ताहरूले वीरगञ्जमा विरोध प्रदर्शन गरेका थिए।
प्रतिक्रिया दिनुहोस