सामाजिक सञ्जालमा भाइरल रहेको रवि लामिछानेको तस्बिर आफूले खिचेको डा. निकोलस भुसालले दाबी गरेका छन्।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति लामिछानेको तस्बिरका विषयमा यतिबेला चैतर्फ चर्चा चलिरहँदा रविको समर्थन गर्दै आएका डा. भुसालले त्यो तस्बिर आफूले खिचेको दाबी गरेका हुन्।
‘फोटो रियल हो मैले नै खिचेको हो गल्ती भको हो माफी चाहान्छु’ सामाजिक सञ्जालमा भुसाल लेख्छन्,’मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन। भ्रममा नपर्न अनुरोध। म स्वास्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गको थिएँ।’ साथै उनले यस विषयमा केही बेरमा लाइभमा आएर जानकारी दिने समेत बताएका छन्।
रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले फोटो फेसबुकमा राखेपछि सञ्जाजमा यो भाइरल भयो। रविका समर्थकको एक खालको र विपक्षीको अर्को खालको तर्कले सामाजिक सञ्जाल छाएको बेला डा।भुसालले भने तस्बिर आफूले खिचेको दाबी गरेका हुन्।
प्रहरी सुरक्षामाथि नै प्रश्न उठिरहेका बेला कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले तस्बिर सार्वजनिबारे अनुसन्धान भइरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस