आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जितपुरसिमरा र कोल्हबीमा मानव अधिकार एलाईन्सको नगर कमिटि गठन

एपी खबर २०८१ पौष ७, आईतबार ( ६ घण्टा अघि) ६३ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका र कोल्हबी नगरपालिकामा मानव अधिकार एलाईन्सको नगर कमिटि गठन भएको छ । पालिका स्तर सम्म मानव अधिकार रक्षकहरुको भुमिकालाई बढाउन मानव अधिकार एलाईन्स बाराले पालिका स्तरमा आफ्नो नगर कमिटि गठन गरेको हो ।

 

नेकपा एमालेका प्रदेश सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एलाईन्स जितपुरसिमरा नगरकमिटिको अध्यक्षमा नबिन मौनाली सर्वसम्मत रुपमा चयन भएका छन् ।
कमिटिको उपाध्यक्षमा राजेन्द्र प्रसाद जमकटेल, सचिवमा नुरेन अंसारी, कोषाध्यक्षमा अनिता क्षेत्री रहको छन् । १३ सदस्य बनेको यस कमिटिको यसैगरी सदस्यहरुमा इम्दाद हुसैन, शालिकराम रेग्मी, प्रदिप बस्नेत, मुकेश साह, मनोज कुमार राम, विशाल साह कानु, कमल चौधरी र संतोष प्रसाद कोईराला रहेका छन् ।

 

यसैगरी नेकपा एमालेका पोलिटब्यूरो सदस्य पुरुषोतम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले कोल्हबीमापनि एलाईन्सको नगरकमिटि गठन भएको छ ।

 

मानव अधिकार एलाईन्स कोल्हबीको अध्यक्षमा पोतमाया लामिछाने सर्वसम्मत चयन भएका छन् । भने सदस्यहरुमा महालक्ष्मी पनुहर, सचिवमा योगेश चौधरी, कोषाध्यक्षमा पावर्ती उप्रेती मैनाली चयन हुनुभएको छ ।

 

यसैगरी सदस्यहरुमा सल्मा भुजेल, रमा रिमाल, विरेन्द्र चौधरी, विजेन्द्र चौधरी, उमेश चौधरी, जीवन पोखरेल, विजय चौधरी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस