सहकारकी रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेको बयान सोमबारदेखि सुरु हुँदैछ।
जिल्ला अदालत कास्कीले आज पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेको बयान लिनेछ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यायलले रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको आरोपमा रविसँगै अहिले कास्की प्रहरीको हिरासतमा पूर्वडिआइजी छविलाल जोशी, गीता पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको सोमबारदेखि बयान लिइनेछ।
आज बिहान गोला थुतेपछि न्यायाधीशको बेन्चमा प्रतिवादीहरूले बयान दिनेछन्। बयानमा प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयानको समेत आधिकारिता जाँच हुन्छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ। बहसपछि थुनामा राख्ने, धरौटी र तारिखमा छाड्ने आदेश अदालतले दिनेछ।
जिल्ला सरकारी कार्यालय कास्कीकी सहायक न्यायाधीवक्ता शान्तिदेवी शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मूल अभियोग पत्र, थप अभियोग पत्र र पूरक अभियोग गरेर कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ। ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको पुष्टि भएकाले बिगो माग गरिएको छ।
रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अभियोग पत्रमा उल्लेख छ।
गोखरा मिडिया मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक रहेका पूर्वडिआइजी छविलाल जोशीसँग सहकारीको मुद्दामा ५ करोड २६ लाख ६५ हजार बिगो दाबी गरिएको छ। जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा परेको हो।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ। बाग्लुङको ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। उनी बाग्लुङ र पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेपछि पूर्वपक्षका लागि थुनामा छन्।
पुन र नेपालीसँग सहकारी ठगीको मुद्दामा बिगो माग गरिएको हो। सम्पत्ति शुद्धीकरणको मुद्दामा रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ, गीता पछाईसँग २४ करोड ६७ लाख ७ हजार २४ रुपैषँ बिगो माग दाबी गरिएको छ।
प्रतिक्रिया दिनुहोस