आज:  २०८१ पौष १२, शुक्रबार | Fri, 27, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अंग्रेजी नयाँबर्ष नजिकिएसँगै पर्साको ठोरीमा पर्यटकको चहलपहल बढ्दै

एपी खबर २०८१ पौष ११, बिहिबार ( १७ घण्टा अघि) ५२ पाठक संख्या

मधेश प्रदेशको एक मात्र पर्यटन क्षेत्रको रुपमा परिचित ठोरीमा करिब एक सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढेको छ । स्वदेशका मधेश र बागमती प्रदेशको साथसाथै बाह्य भारतको बिहार र उतर प्रदेश राज्यका पर्यटकहरु ठोरीमा भित्रिने क्रम बढेको हो ।

 

अंग्रेजी महिनाको यो बर्ष २०२४ को अन्मित साल डिसेम्बर र २०२५ को पहिलो महिना जनवरीमा वनभोजमा जाने तथा घुम्न आउने र रमाइलो गर्ने मौषम भएकाले यस क्षेत्रमा पर्यटकको संख्यामा बृद्धि भएको हो। पुष १० गते क्रिसमसको दिनमा मात्र एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आएका जनाइएको छ ।

 

जीराभवानी गाँउपालिका वडा नं।–२ सेढवामा महेश महतो थारुले बुधवार बिदा भएकाले आफ्नो परिवारका सबै सदस्यहरु ठोरी घुमेर आएको बताए। ठोरीमा रहेका भ्यू प्वाइन्टहरू घुम्दै रमाइलो गरी राती घर फर्केको बताए। ठोरी गाउँपालिका वडा नं।– १ र २ मा घुम्न लायक बिभिन्न भ्यु प्वाइन्टहरू रहेका छन्। त्यस क्षेत्रमा राई धारा, रानीवन, इच्छानगर, चौताराको बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाडा, सीतागुफा, सेतो पहाड, सिनही पर्बत लगायतका स्थान पर्यटकको गन्तव्यहरु रहेका छन् ।

 

सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार बिगत एक सातादेखि ठोरीमा आउने आन्तरिक तथा बिदेशी पर्यटकको संख्या बढेको छ। इस्वी सम्बतको नयाँ बर्ष जनवरी एक तारिख आउन लागेका कारण पर्यटकको संख्या बढेको पौडेलले बताए।

 

पर्यटकहरुको संख्या बृद्धि भएसंगै यस क्षेत्रमा होटेल तथा अन्य व्यापारिक गतिविधिमा चहल पहल बढेको पौडेलले बताए। त्यस्तै ठोरीमा रहेका गामबेसी खाजा घर तथा लजका संचालक मनिस प्याकुरेलका अनुसार पसलमा पाहुनाहरु ९पर्यटकहरु० आउने क्रम बढेकाले व्यवसाय राम्रो चलेको बताए।

 

खाजा घरमा खाना, खाजा तथा १२ जना पाहुनालाई बास बस्ने व्यवस्था रहेकाले कारोबार राम्रो भइरहेको प्याकुरेलले बताए। लजमा भारतका बेतिया, मोतिहारी, गोरखपुर, नरकटियागंज, जमुनिया तथा मधेश प्रदेशको सम्पूर्ण जिल्लाबाट पाहुना आउने गरेको प्याकुरेलले बताए।

प्रतिक्रिया दिनुहोस