आज:  २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको परवानिपुरमा मानव अधिकार एलाईन्सको पालिका कमिटी गठन

प्रिती कुमारी, जीतपुर २०८१ पौष १२, शुक्रबार ( १ महिना अघि) १४१ पाठक संख्या

मावन अधिकार एलाईन्सले बाराको परवानिपुरमा उमेश महतोको अध्यक्षतामा १३ सदस्य नगर स्तरीय समिति गठन गरेको छ । मानव अधिकार एलाईन्सले जिल्ला भित्र रहेका पालिकाहरुमा पालिका स्तरिय समिति गठन गर्ने क्रममा परवानिपुर गाउँपालिकामा महतोको अध्यक्षतामा सर्वसम्म समिति गठन भएको हो ।

 

समितिको उपाध्यक्षमा यासिन मिया, सचिवमा रामजी महतो, कोषध्यक्षमा रामसती राम रहेका छन् । यसैगरी सदस्यहरुमा भदै मियाँ, सुरेश साह, चन्देश्वर सर्राफ, रामजी पटेल, कुन्ती राम, निरज साह र कान्ती देवी साह रहेका छन् ।

 


मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको सभाअध्यक्षता र परवानिपुर गाउँपालिकाका पालिका अध्यक्ष रामक्षेत्री पटेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किसान महासंघका केन्द्रिय सचिव उमेश गुप्ता, मानव अधिकार एलाईन्सका बारा ईन्चार्ज सरीता सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस