आज:  २०८२ बैशाख २६, शुक्रबार | Fri, 09, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

ओबिसि महासंघको जीतपुरसिमरा नगर अध्यक्षतमा प्रहलाद साह सोनार चयन

प्रिती कुमारी, जीतपुर २०८१ पौष १३, शनिबार ( ४ महिना अघि) ३१६ पाठक संख्या

अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम जीतपुरसिमरा नगर अधिवेशनले प्रहलाद साह सोनारको अध्यक्षतामा पिछडावर्ग महासंंघको जीतपुरसिमरा नगर कमिटी गठन गरेको छ । बाराको जीतपुरसिमरा ७ जीतपुर स्थित प्राईम पार्टि प्यालेसमा आयोजित भेला सहितको अधिवेशनले यो कमिटी गठन गरेको हो ।

 

कमिटीको उपाध्यक्षमा सुरेन्द्र गुप्ता, सचिवमा अजय साह तेलि, सहसचिवमा शम्भु राज सहनी, कोषाध्यक्षमा रिता देवी रहेका छन् । यसैगरी सदस्यहरुमा राजेश साह, धनसुनर राउत, सुरेन्द्र राउत कुर्मी, आशा देवी, बिमल सिंह, अम्बिका सहनी, राजकुमार शर्मा लोहार, उपेन्द्र सहनी, कन्हैया गुप्ता रहेकाछन् ।

नेकपा एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम जीतपुरसिमरा नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व मन्त्री ज्वाला कुमारी साहले पिछडा वर्गलाई राज्यको मूलधारमा ल्याउन सबैको साझा प्रयास हुनुपर्ने कुरामा जोड दिनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका साहले पछाडी परेका वर्गको उत्थानका लागि नेकपा एमाले सधै अगाडी रहेको जिकिर गर्दै उहाँले पिछडावर्गमा रहेका जातजातीहरुको शैक्षिक, राजनीतिक, सांस्कृतीक उत्थानका लागि एमाले पार्टी अग्रपंगतीमा उभीएर काम गर्दै आएको र अगामी दिनमा पनि काम गर्ने जिकीर गर्नुभयो ।

 

यसैगरी कार्यक्रममा नेकपा एमालेको मधेश प्रदेश सचिव मनोज पौडेलले पिछडावर्गहरु आफू जहिले पनि पछि परेको जात भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताउनुभयो । उनले आफूमा निहित ज्ञान, सीप, कला, क्षमतालाई उच्चतम प्रयोग गर्नुपर्ने बताए । त्यस्का लागि राज्यले वातावरण निर्माण गर्नुपर्ने उहाँको तर्क थियो ।

 

नेकपा एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको मधेश प्रदेश सचिव अनिल कुमार गुप्ताको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य सुन्दर विक, नेकपा एमालेका बारा सचिव अमृत शमा ृबजगाई लगाएतको उपस्थिती रहेको थियो । भने कार्यक्रममा एमाले जितपुरसिमरा नगरकमिटी सचिव रत्न उप्रतीले सहजिकरण गर्नुभएको यस कार्यक्रममा सुनिल कुमार गुप्ताले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस