आज:  २०८२ बैशाख २, मंगलबार | Tue, 15, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

एक क्विन्टल ६० किलो गाँजासहित दुई जना पक्राउ

एपी खबर २०८१ पौष १५, सोमबार ( ३ महिना अघि) १२२ पाठक संख्या

एक क्विन्टल ६० किलो गाँजासहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ना।३ ख ४२१२ नम्बरको ट्रकका चालक तथा गाडीधनी मकवानपुर हेटौडा उपमहानगरपालिका- ७ कमाने बस्ने कृष्ण घलान र चितवन झुरझुरे राप्ती नगरपालिका(३ बस्ने रोनाल विश्वकर्मा रहेका छन् ।

 

वीरगञ्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकमा प्रहरीको विशेष टोलीले परवानीपुरबाट ड्राइपोर्ट तर्फ आउँदै गरेको उक्त ट्रकलाई चेकजाँच गरेको थियो ।

 

चेकजाँचको क्रममा १६ पोकामा रहेको एक क्विन्टल ६० किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । गाँजा बरामद भएपछि ट्रकसहित दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस